कंग्रेसबाट निधिको नेतृत्वमा तीन जना सरकारमा जाने

कंग्रेसबाट निधिको नेतृत्वमा तीन जना सरकारमा जाने

  • बिहिबार, साउन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,२० साउन ।

नेपाली काग्रेसबाट पहिलो चरणमा विमलेन्द्र निधीको नेतृत्वमा तीन जना सरकारमा सहभागी हुने भएका छन् ।

सभापति शेरवहादुर देउवाले निधिको नेतृत्वमा सरकारमा जाने ३ जनाको नाम तय गर्नुभएको हो । निधिले उपप्रधान र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यस्तै मन्त्री बन्ने अन्य नेतामा अर्जुननरसिंह केसीले रक्षा र रमेश लेखकले भौतिक योजना तथा यातायात मन्त्रालय सम्हाल्ने तय भएको सभापति देउवा निकट स्रोतले जनाएको छ ।

शेखर कोइराला परराष्ट्र मन्त्रालय सहित सरकारमा जाने बताइएपनि अझै टुङ्गो लाग्न नसकेको बताइएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालसंग आज छलफल गरेपछि र कांग्रेस सभापति देउवाले पार्टीबाट मन्त्री बन्नेको नाम तय गर्नुभएको हो । दुइबीच प्रधानमन्त्रीको सपथसंगै सानो आकारको मन्त्रीमण्डल गठन गरेर अघि बढने तथा टुङ्गो लाग्न नसकेका मन्त्रालयमा छलफल गर्दै जाने सहमति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ