काठमान्डौ साउन २०
नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय राजदूत रन्जित रेले लाजिम्पाटस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिनु भएको छ ।
राजदूत रेले आज विहान प्रचण्ड निवास पुगेर प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिनु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसअघि हिजो साझ चिनियाँ राजदूत वु चुन्ताईले लाजिम्पाट पुगेर प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline