काठमाडौ २० साउन ।
सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका राजदुत मध्य थप एक जना प्रस्तावित राजदुतको सुनुवाई आज हुदैछ ।
संसदीय सुनुवाई विषेश समितिले आज बेल्जियमका लागि प्रस्तावित राजदुत लोकबहादुर थापाको सुनुवाई गरिरहेको छ ।
परराष्ट्र सेवाबाट सिफारिस भएका आठ जना मध्य सात जनाको सुनुवाई गरिसकेको समितिले आज थप एक जनाको सुनुवाई गर्न लागेको हो ।
समितिले हिजो जर्मनीका लागि रमेश प्रसाद खनाल र इजिप्टका लागि झविन्द्रप्रसाद अर्यालको सुनुवाई गरेको थियो ।
समितिले परराष्ट्रबाट सिफारिस भएका सबै प्रस्तावित राजदुतहरुको सुनुवाई सकेर अनुमोदन बारे निर्णय गर्न सक्ने सचिवालय स्रोतले जनाएको छ ।
यद्यपी यस अघि अघिल्लो सरकारले राजनीतिक भागवण्डाको आधारमा सिफारिस गरेका १४ जना प्रस्तावित राजदुतहरुको सुनुवाई प्रक्रिया भने अन्योलमा परेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline