काठमाण्डौ ,१९ साउन ।
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायबाट बधाई र शुभकामना आईरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलीफोन गरेर बधाइ दिनुभएको छ । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्रीले प्रचण्डलाई टेलिफोन गर्नुभएको थियो ।
फोनमा मोदीले नेपालको प्रधानमन्त्रीमा निवार््चित भएको भन्दै बधाइ दिनुका साथै कार्यकालको सफलताको कामना समेत गर्नभयो ।
टेलिफोन सम्वादमा मोदीले चाँडै भारत भ्रमणका लागि प्रचण्डलाई आग्रहसमेत गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
यस्तै नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ राजदूत वु चुन्ताइले निवासमै पुगेर बधाइ दिनुभयो ।
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै राजदूत चुन्ताई पुष्पगुच्छासहित दूतावासको टोलि लिएर प्रचण्ड निवासमै पुगेको थियो ।
चुन्ताईले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीन सरकारका तर्फबाट बधाइ दिनुभयो ।