काठमाडौं, १९ साउन । क्यानडाको पिआरसमेत उपलव्ध गराइदिने भनि ठगी गर्ने व्राइट फ्यूचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका संचालक काठमाडौं वुढानिलकण्ठ बस्ने अर्घाखाँची खनदह–९ का ३६ वर्षीय रामप्रसाद खनाललाई काठमाडौं महाराजगञ्जमा लुकिछिपी बसिरहेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जितेन्द्र शेरचन, रविनकुमार रौनीयार, कृष्ण पाण्डे, देवराज राई, नविनकुमार झा, उमेश खड्का, रेखा कडेरीया, कल्पना कडेरीया, निशा बराल, रिमा क्षेत्री, बिक्रान्त के.सी., राजन सुवेदी, रामचन्द्र पौडेल, सुनिल घिमिरे, बबिता गुरुङसमेत १८ जनालाई जब अफरसमेत कन्सलटेन्सीबाट आफुहरुले नै मगाई क्यानडा पठाइ पिआरसमेत उपलब्ध गराइदिने ग्यारेन्टी भन्दै प्रतिव्यक्ति १२ देखि १८ लाख रुपैयाँ लाग्छ भनि आस्वस्त तुल्याएपछि माग गरेको कागजात तथा प्रकृयाको लागि १८ जनाबाट ६५ लाख १४ हजार ५ सय रुपैयाँ पीडितहरुले कन्सल्टेन्सी संचालकलाई उपलब्ध गराए पश्चात संचालकहरु सम्पर्क विहिन भएकोले पीडितहरुको निवेदनको आधारमा महानगरीय अपराध महाशाखाले ठगी कार्यमा संलग्न खनाललाई पक्राउ गरेको हो ।
खनाललाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ ।