मेचीनगरमा बाढी पीडितका लागि राहत संकलन शुरु

मेचीनगरमा बाढी पीडितका लागि राहत संकलन शुरु

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

विमर्श उप्रेती,कांकरभिट्टा । “परिवर्तनका लागि जोडिएका हातहरु” नामक गैह्र सरकारी संस्थाले बाढी पीडित नागरिकको सहयोगार्थ बुधबार मेचीनगरमा राहत संकलन गरेको छ ।
सामाजिक सञ्जाल (फेस बुक) का विभिन्न समूूहको सक्रियतामा उक्त संस्थाले कांकरभिट्टा र इटाभट्टाका विभिन्न क्षेत्रमा राहत संकलन अभियान सञ्चालन गरेको हो ।
सामाजिक सञ्जाल समूहका सदस्यहरु रजिता बस्नेत,मेलिसा निरौला,राजु पौडेल लगायतको अगुवाईमा सुरु भएको सो अभियानका क्रममा २५ हजार रुपैयाँ नगद संकलन भएको अभियानका सहयोगी युवा संघका मेचीनगर कमिटि सदस्य सञ्जय तामाङले जानकारी दिए ।
तामाङका अनुसार पीडितका लागि खाद्यान्न,प्राथमिक उपचार सामग्री तथा सामान्य औषधी,लत्ता कपडा,दैनिक उपभोग्य सामग्री जुटाउने उद्धेश्यले थालिएको अभियानबाट ५ हजार रुपैयाँ मूल्य बराबरका लत्ता कपडा संकलन भएको छ ।
संकलित सामग्री तथा नगद गैह्र सो सरकारी संस्थालाई हस्तान्तरण गरिने र उक्त संस्थामार्फत पीडित समक्ष पुर्याइने बताइएको छ ।
“मानविय सेवामा एक होऔं,तन,मन,वचन र कर्मले बाढी पीडितलाई सहयोग गरौं,प्रार्थना गर्ने ओठ भन्दा सहयोग गर्ने हात पवित्र हुन्छ ”लगायतका नारा अंकित प्लेकार्डसहित करिब १ सय जना सहभागी टोलीले स्वेच्छिक राहत संकलन गरेको हो ।
उक्त गैह्र सरकारी संस्थाले राजधानीसहित देशभरका विभिन्न स्थानमा सो अभियान सुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ