लण्डनमा हुने “फेस अफ दी वल्ड २०१७” मा पहिलो पटक नेपालबाट पियूस सहभागी हुने

लण्डनमा हुने “फेस अफ दी वल्ड २०१७” मा पहिलो पटक नेपालबाट पियूस सहभागी हुने

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

पछिल्लो समय नेपालबाट पनि विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली यूवा–यूवतीहरुले भाग लिदै आइरहेका छन् । “मिस नेपाल” ले “मिस वल्ड” मा सहभागी हुने, “मिष्टर नेपाल” ले “मिष्टर वल्ड” मा भाग लिइरहेको अबस्थामा लण्डनमा हुन लागेको “फेस अफ दी वल्ड २०१७” मा पहिलो पटक नेपालबाट मोडल पियूस कर्णले सहभागीता जनाउने भएका छन् ।

१७ सेप्टेम्बरबाट लण्डनको बर्लिङ्गटन होटलमा हुने फेस अफ दी वल्डमा पहिलो पटक सहभागी हुन लागेका पियूसले आफु “फेस अफ दी वल्ड” मा सहभागी हुन पाउँदा खुसी महशुस गरेको बताए ।

piyus 2

मिष्टर राजधानी नेपाल २०१५ को विजेता, मिष्टर करर्नाटका बैंङलोर २०१४ को विजेता समेत भइसकेका पियूसले आफु फेस अफ दी वल्डको विजेता भएरै नेपाल फर्किने बताए । उनले भने –“लामो समयको मेहेनतपछि मैले सोचेको कार्यक्रममा सहभागी हुन पाउँदैछु । मलाई विश्वास छ यस बर्षको फेस अफ दी वल्ड म नै जित्नेछु ।”

उनले विश्वसामु नेपाललाई चिनाउनका लागि पनि आफ्नो सहभागीता फेस अफ दी वल्डमा हुन लागेको बताए । नेपालको पहिलो हिन्दी एल्बम “सासे” को दोस्रो गीत “दवी दवी सी” को हालै छायाँकन सकाएका पियूसले आधा दर्जन बढि म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

नेपाल र भारतका विभिन्न ठाउँमा भएका र्याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिती जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन् । विरगंज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट नै उच्च शिक्षा हासिल गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी