काग्रेस ,माओवादी र मोर्चाबीच तीन बुँदे समझदारी पत्रमा हस्ताक्षर

काग्रेस ,माओवादी र मोर्चाबीच तीन बुँदे समझदारी पत्रमा हस्ताक्षर

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, १८ साउन ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

संघिय गठबन्धनले पहिचान र सामथ्र्यका आधारमा सिमांकन टुङ्गो लगाउने विषय सहमतिमै उल्लेख गर्नुपर्ने माग गरेपछि हिजो त्रिपक्षीय सहमति हुन सकेको थिएन ।

पछिल्लो पाँच दिन कार्यदलस्तरमा भएको छलफलपछि सिमांकनको विषय दलहरुबीच राजनितिक सहमतिका आधारमा टुङ्गयाउने समझदारी गरेपछि तीन पक्षबीच आज तीन बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

काग्रेस माओवादी र मधेशी मोर्चाबीच हिजो तीनबुँदे मौखिक सहमति भएको थियो । सोही सहमतिका आधारमा आज लिखित सम्झौता भएको हो ।

हिजो भएको सहमतिमा गठबन्धनले उठाएका २६ बुँदे र मोर्चाले उठाएका ११ बुँदे माग मध्ये सरकारले तत्काल पूरा गर्न सकिने बुँदलाई मन्त्रिपरिषदबाट सम्बोधन गर्ने सिमांकन लगायतका विषयलाई संविधान संशोधन मार्फत सम्बोधन गर्ने र सो सहमतिका आधारमा दाहाललाई प्रधानमन्त्रीमा सघाउने उल्लेख छन् ।

हिजो सहमति भएको विषयमा आज तीन पक्षबीच लिखित हस्ताक्षर भएको संघिय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सहमतिसँगै गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा मतदान गर्ने भएको छ । गठबन्धनमा ४२ जना सांसद रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ