३९ औ प्रधानमन्त्रीका लागि आज उमेदवारी दर्ता

३९ औ प्रधानमन्त्रीका लागि आज उमेदवारी दर्ता

  • मङ्लबार, साउन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ १८ साउन ।
मुलुकका नयाँ प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रचण्डले मुलुकको ३९ औ प्रधानमन्त्रीका लागि आफ्ना समर्थक दलका नेताहरुका साथ संसद भवनको ल्होत्से हल पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

दलहरुबीच सहमतिका आधारमा सरकार गठन गर्न असफल भएपछि संसदले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गरेको हो ।

आज बिहान ११ बजेदेखि अपरान्न ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ भने आजै अपरान्न साँढे चार बजे उमेदवारको अन्तिम नामवली सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ ।

प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसदमा भोली निर्वाचन हुदैछ । संसदमा हाल कायम रहेको ५ सय ९५ सदस्यको बहुमत अर्थात २ सय ९८ मत प्राप्त गर्ने व्यक्ति भावी प्रधानमन्त्री चयन हुनेछ । भोलीसम्म राजनितिक समिकरण परविर्तन नभए माओवादी अध्यक्ष दाहाल मुलुकको प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

यसैबीच मुलुकको नयाँ प्रधानमन्त्रीका लागि नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकबाट एमालेले प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिए पनि प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने एमाले स्थायी कमिटीको निर्णय छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ