१७ श्रावण, ताप्लेजुङ ।
सावादिन गविस वडा नम्बर १ स्थित लबरेमा तमोर नदीमा ५ सय मीटर माथिबाट पहरा खस्दा तमोर नदी थुनिएर कृतिम तालको अध्ययन टोली गठन भएको छ ।
अध्ययनका लागि जल उतपन्न तथा नियन्त्रण विभागले ताप्लेजुङको तमोर नदी थुनिएर सावादिन गाविस र फुरुम्बु गाविसको बीचमा बनेको तालको अध्ययनका लागि जल उत्पन्न तथा नियन्त्रण विभागले आईतबार सिडिई जि. श्रीकमल द्विवेदीको संयोजकत्वमा जिओलोजिष्ट ईन्जिनियर योजना न्यौपाने र डिभिजन कार्यालय नं १ झापाका ईन्जिनियर युवराज भण्डारीलाई तोकेको छ ।
गत असार २६ गते बिहान सावादिन एकको रबरे भन्ने स्थानबाट पहरा झरेपछि तमोर नदी थुनिदा, १२० मीटर लम्बाई, ३५० मीटर चौडाई, र १० देखि १२ मीटर गहिराई भएको कृतिम ताल बनेको छ ।

तालको अध्ययन र तल्लो तटीय क्षेत्रमा पार्ने जोखिम बारे ताप्लेजुङका जिल्ला भूसंरक्षण अधिकृत हरिबहादुर कुँबरले खासै जोखिम नभएको र त्यस कृतिम तालमा ५ लाख क्यूफिट पानी जम्मा भएको र त्यो ताल फुटेर गए पनि तल्लो तटमा खासै खतरा नरहेको र जति नदीको फाँट छ त्यसले पानी अटाउने बताए । तर बैज्ञानिक अनुसन्धान भने हुन बाँकी छ ।

तमोर नदी थुनिएर कृतिम तालको अध्ययन टोली, कृतिम तालको अध्ययनका लागि ताप्लेजुङ आउन अझ केहिदिन लाग्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
तमोर नदीमा बनेको कृतिम तालको कारण जिल्लाको हान्द्रुङ र दोभान बजार जोखिममा परेका छन् । तमोर नदी थुनिएको सूचना पाएपछि सो क्षेत्रका मानिस सुरक्षित स्थानमा जान थालेका छन् ।
पहिरो खस्दा बगर बारीमा रहेको खेतियोग्य जमिन र दुई हल गोरु पनि पुरिएको छ । ५ साय मीटर माथिबाट पहरा खसेर कृतिम ताल पहिरो खसेको बिपरित दिशा फुरुम्बुबाट बिस्तारै पानी बहन थालेको स्थानीय दिनेश लिम्बूले जानकारी दिए ।