ताप्लेजुङ,१८ श्रावण ।
ताप्लेजुङको फुङलिङ स्थित पाथीभरा बहुमुखीक्याम्पसमालाखौँ भ्रष्टचार भएको आन्दोलनरतविभिन्न७विद्यार्थी संगठनले दाबी गरेका छन् ।
जिल्ला स्थित क्रियाशीलविद्यार्थी संगठन नेपालविद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), समाजवादीविद्यार्थी फोरम र संघीय विद्यार्थी यूनियन, लिम्बुवान लगायत विभिन्न सातओटा विद्यार्थी संगठनले संयूक्त रुपमा आर्थिक पारदर्शिता गर्नुपर्ने, विद्यार्थी शुल्कबृद्धि घटाउने, पुस्तकालय व्यवस्थापन तथा विस्तार र ईलाईब्रेरी विकास र शैक्षिक गुणस्तर लगायतका ४ बुँदे माग सहितको ज्ञापन पत्रबुझाएर आन्दोलन गर्दै आएका छन् ।
क्याम्पसले आर्थिक वर्ष ०६८÷६९ देखि ०७१÷७२ सम्मको सामाजिक लेखा परीक्षण गरेको बताईए पनिआन्दोलनरत विद्यार्थी संगठनले सामाजिकलेखा परीक्षणको मान्यता र प्रणाली अनुरुपकम्तिमा७दिनअगावै सार्बजानिक सूचनाप्रकाशन प्रसारण गरेर मात्र सालेप गर्नुपर्ने व्यवस्थाअनुरुपनभएकोले क्याम्पस प्रशासनले गरेको अवैधानिकसालेप प्रतिअसहमतीजनाएकाछन् ।
आन्दोलनरत विद्यार्थी संगठन, सरोकारवालानिकाय, सञ्चारकर्मी, अभिभावक, संचालक समितिका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थी लगायत क्याम्पसमा अध्यापनरत प्राध्यापक र अन्य सरोकारवालानिकायलाई जानकारी नगरी सालेप गरिएको प्रतिविद्यार्थी संगठनहरुले आपत्तिजनाएका छन् ।
क्याम्पसमाअध्ययनरत विद्यार्थीलाई असार १६ गते बिदादिएर नियोजित तरिकाले क्याम्पसले सालेप गरेको पनिविद्यार्थी संगठनहरुले दाबी गरेका छन् । असार १७माक्याम्पस प्रमुखमोहन राईले एकोहोरो एक प्रति सालेप भनिएको प्रतिवेदनवाचनगरिरहँदा समेत आफूहरुले आपत्तिजनाएको र त्यसछि एकदुई दिनभित्र छलफल गरी पुन सालेप गरिने प्रतिवद्धता गरेको क्याम्पस प्रशासनले झण्डै एक महिनापुग्न आँटे पनिकुनै प्रतिक्रियादिएको छैन ।
पाथीभरा क्याम्पसको आर्थिक पारदर्शिताको कुरा पेचिलो बन्दै गएपछि सामाजिक लेखा परीक्षण समितिबनाईएको थियो । समिति गठन भएलगत्तै कामशुरु गरेको समितिले महिनौँ दिनलगाएर प्रतिवेदन पेश गरेको थियो । क्याम्पसमाआजसम्मनगदि रसिदको प्रयोग नभएको तथ्य फेलासमेत परेको छ । सामाजिक लेखा परीक्षण समिति सदस्य गजेन्द्र तुम्याङले अहिलेसम्मनगदि रसिदप्रयोग अनिबार्य राख्न र विद्यार्थी अभिलेख प्रष्ट राख्नको लागिसुझाब सहितको प्रतिवेदनबुझाईएको बताए ।
आन्दोलनरत विद्यार्थी संगठनले क्याम्पसले सालेप गरेको भन्ने प्रचारबाजीगर्ने संचार माध्यम र संचारकर्मी प्रतियिङ्गीतगर्दै, आफूहरुले अहिलेसम्मआर्थिक पारदर्शितानभएको क्याम्पसको आयव्यय प्ररम्भिक रुपमा सार्बजानिक गराएइएको जानकारी गराइएकोमा सालेप गराईयो भन्ने समाचार प्रसारण गरेको प्रतिआपत्ति समेत जनाएका छन् । त्यस्तै संचार गृह र संचारकर्मीलाई कुरा बुझेर मात्र समाचार संप्रेषण गर्न आग्रह गरेका छन् ।
विद्यार्थी संगठनले आर्थिक सार्बजानिकरण गर्नु भनेको सामाजिक लेखा परीक्षण गर्नु नभएको समेत प्रष्ट पारेका छन् । आफ्नो सालिनता र मागप्रतिक्याम्पस प्रशासनले बेवास्था गरे,अबको आन्दोलनशसक्तअनिनिर्णायकहुने र जसबाट उत्पन्नअसहजताको जिम्माक्याम्पस प्रमुख र प्रशासनजवाफदेहि हुने बताए ।
विभिन्न७बिद्यार्थी संगठनले पाथीभरा क्यामपसमाआर्थिक पारदर्शीता र अनियमितताभएको दाबी गरे पनिआन्दोलनरत विद्यार्थीलाई बैँक स्टेटमेन्टनदेखाईएको, सालेप समितिमा सहभागीनगराईएकोले भ्रष्टचार कतिभयोे स्पष्ट छैनन् ।
क्याम्पस प्रशासनले भने भ्रष्टचार भएको आरोप सत्य नभएको जिकिर गरेको छ । कुनै पनिव्यक्ति, विद्यार्थी संगठनको पूर्वाग्रही पृष्ठभूमीबाट भ्रष्टचारको आरोप आएको प्रतिआरोप लगाएको छ । विद्यार्थीको अन्यमागमाभने क्याम्पस प्रशासन, व्यवस्थापन र शिक्षण गुणस्तरको सम्बन्धमाआफूहरू सकरात्मक रहेको क्याम्पस प्रमुखमोहनकुमार राईले बताए ।



