काठमाडौ १८ साउन ।
मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि आज उमेदवारी दर्ता हुदैछ । दलहरुबीच सहमतिका आधारमा सरकार गठन गर्न असफल भएपछि संसदले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गरेको हो ।
आज बिहान ११ बजेदेखि अपरान्न ४ बजेसम्म मनोनयन गर्ने समय तोकेको छ भने आजै अपरान्न साँढे चार बजे उमेदवारको अन्तिम नामवली सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ ।
प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसदमा भोली निर्वाचन हुदैछ । ३९ औं प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिनु हुनेछ भने एमालेका तर्फबाट उमेदवारको टुङ्गो लाग्न बाँकी छ ।
संसदमा हाल कायम रहेको ५ सय ९५ सदस्यको बहुमत अर्थात २ सय ९८ मत प्राप्त गर्ने व्यक्ति भावी प्रधानमन्त्री चयन हुनेछ । भोलीसम्म राजनितिक उथलपुथल नभए माओवादी अध्यक्ष दाहाल मुलुकको प्रधानमन्त्री बन्ने लगभग पक्का छ ।