बाढी–पहिरोमा परी अहिले सम्म १०२ जनाको मृत्यु, २२ जना बेपत्ता

बाढी–पहिरोमा परी अहिले सम्म १०२ जनाको मृत्यु, २२ जना बेपत्ता

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, साउन १७ । मुलुकका बिभिन्न स्थानमा अँएको बाढी पहिरोमा परी साउन महिनामा एक सय २ जनाको मृत्यु भएको छ ।

उपप्रधान, रक्षा एवं गृहमन्त्री भीमबहादुर रावलले व्यवस्थापिका–संसदको आजको बैठकमा बोल्दै यही साउन १० गतेयता देशका विभिन्न स्थानमा बाढी–पहिरो र डुबानका कारण १ सय २ जनाको मृत्यु जानकारी दिनुभयो ।

देशका ४३ ओटा जिल्लाम बाढी, पहिरो र डुबानका कारण १ सय २ जनाको मृत्यु भएको, २२ बेपत्ता र ५८ जना घाइते भएको उहाले बताउनु भयो ।

तत्काल उद्धार, खोजी, र राहतका लागि विभिन्न मन्त्रालय, सुरक्षा निकाय, जिल्लास्थित प्रशासनिक कार्यालय परिचालित भएको भन्दै उनले रकम अभाव भएमा वा कुनै समस्या भएमा तत्काल खबर गर्न निर्देशन दिइएको पनि बताउनु भयो ।

मन्त्री रावलले केन्द्रीय दैवीप्रकोप उद्धार समितिको साउन १३ गतेको बैठकबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, औषधिलगायत सामग्री तत्काल पु¥याउन निर्देशन दिइएको, ७५ करोड थप रकमको शोधभर्नाका लागि निकासा गर्ने निर्णय भएको पनि जानकारी दिनु भयो ।

बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिंदै उहाले सप्तरीको तिलाठीस्थित सीमावर्ती नदीको बाँध भत्केपछि दुबैतर्फका जनता भेला भएको र त्यसक्रममा झडप हुँदा नेपाली नागरिक देवनारायण यादवलगायत घाइते भएको जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ