नयाँ प्रधानमन्त्रीका लागी आगामी बुधवार निर्वाचन

नयाँ प्रधानमन्त्रीका लागी आगामी बुधवार निर्वाचन

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ ,१७ साउन ।
नयाँ प्रधानमन्त्री चयनका लागि आगामी बुधबार निर्वाचन हुने भएको छ ।

ब्यावस्थापिका संसदको आज बसेको बैठकले आगामी बुधवार प्रधानमन्त्री चयनका लागी निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकमा सभामुख ओनसरी घर्तीले बुधबार संसदमा प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने जानकारी गराउनुभएको संसदका सहयक प्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

बुधबार बिहान ११ बजे प्रधानमन्त्री चयनका लागि निर्वाचन हुनेछ ।

यसअघि आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाका आधारमा सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नुभएको थियो ।

सहमतीय सरकार गठनका लागि दिएको एक साताको समयसीमामा दलहरु असफल भएपछि उहाँले आज प्रमुख दल तथा संसद सचिवालयलाई पत्र लेख्दै बहुमतीय प्रक्रियाका आधारमा सरकार गठन प्रक्रिया सुरु गर्न आग्रह गरेपछि बसेको संसद बैठकले निर्वाचन मिति तय गरेको हो ।

संविधानको धारा २९८ (२) बमोजिम सहमतीय सरकार गठनका लागी उहाँले दिएको एकसाताको समय हिजो सकिएको थियो ।

यसअघि आजै बसेको संसद बैठकले पूर्वसासंद एवं पूर्वअर्थराज्यमन्त्री हरिराज खेवाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख घर्तीले पढेर सुनाएको पूर्वसासंद खेवाको निधनप्रतिको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

तत्कालीन नेकपा माओवादीको तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर–२ बाट निवार्चित भएका लिम्बूको असमायिक निधन भएकामा बैठकले गहिरो शोक प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

४८ वर्षीय पूर्वसभासद खेवाको यही साउन १३ गते धनकुटाको सिदुवाबजारमा बस दुर्घनामा परी निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ