प्रस्तावित राजदूतको सुनुवाई भोलिदेखि हुने

प्रस्तावित राजदूतको सुनुवाई भोलिदेखि हुने

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, साउन १७।
संसदीय सुनुवाई विशेष समितिले २२ देशका लागि सरकारले प्रस्ताव गरेको राजदूतको सुनुवाई भोली देखि सुरु गर्ने तयारी गरेको छ ।

समितिले भोली बिहान बस्ने पहिलो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र दोस्रो बैठकबाट सुनुवाई थाल्ने निर्णय गरेको समिति सदस्य अनिताकुमारी परियारले जानकारी दिनुभयो ।

सरकारले गएको वैशाखमा २२ देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि सिफारिस गरेको थियो । २२ मध्ये आठ जना परराष्ट्र सेवाबाट छन् भने बाँकी राजनीतिक भागण्डाका आधारमा सिफारिस गरिएको छ ।

भोली सुनुवाईका लागि परराष्ट्र सेवाका चार जनालाई बोलाइएको परियारले जानकारी दिनुभयो । यस्तै समितिले राजदूतको संसदीय सुनुवाई नभई एग्रिमो नपठाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सरकारले प्रस्तावित राजदूतको सुनुवाई नै नभई एग्रिमो पठाउने निर्णय गरेको खुलासा भएपछि आज समितिले मुख्य सचिव सोमलाल सुवेदीलाई बोलाएर सोधपुछ गरेको हो ।

सुवेदीले सुनुवाई समिति नबनेका बेला एग्रिमो पठाउने निर्णय भए पनि कार्यान्वयन नभएको जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ