आजबाट बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुदै

आजबाट बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुदै

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ १७ साउन ।
सहमतीय सरकार गठनको प्रयास असफल भएपछि आजबाट बहुतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि दिनुभएको एक साताको समय हिजो सकिएपछि आजबाट प्रधानमन्त्री चयनको लागि बहुमतीय प्रक्रिया सुरु हुने भएको हो ।

आज बस्ने संसद बैठक अघि नै राष्ट्रपतिले बहुमतीय आधारमा प्रधानमन्त्री चयनको लागि आह्वान गर्ने र संसदमा पत्र पठाउने तयारी छ । संसद बैठक अपरान्न ३ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले यसबारे जानकारी सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नु हुनेछ ।

त्यसपछि प्रधानमन्त्री निर्वाचनको लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता लगायत निर्वाचन तालिका सार्वजनिक गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ