सर्वाेच्चका लागि सिफारिस न्यायधिसहरुले आज सपथ लिदै

सर्वाेच्चका लागि सिफारिस न्यायधिसहरुले आज सपथ लिदै

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमान्डौ,साउन१७।
सर्वाेच्च अदालतका लागि नियुक्ति भएका ११ जना न्यायधिसले आज प्रधानन्याधिस सुशिला कार्कीबाट पद तथा गोपनियताको सपथ लिदै छन् ।

संसदको सुनुवाई विशेष समितिले सर्वसम्मतिले अनुमोदन गरेसँगै सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशले आज पद तथा गोपनियताको सपथ लिने भएका हुन ।

राष्टपति कार्यालयले विहान १० बजे प्रस्तावित न्यायधिसहरुको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा प्रधानन्यायधिसबाट सपथग्रहणको औपचारिकता पछि उनीहरुले आजैबाट आफ्नो कार्यभार सम्हाल्ने छन् ।

११ न्यायाधीशको नियुक्तिसंगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या तीन महिला सहित २० पुग्नेछ । न्याय परिषदले गत फागुन १८ सर्वाेच्च अदालतका लागि सिफारिस गरेको ११ जनाको नाम हिजो समितिले अनुमोदन गरेको हो ।

सिफारिस न्यायधिसहरुमा दिपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खडा, हरीकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाश राउत र सपना मल्ल रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ