काठमाडौ १७ साउन ।
नयाँ सरकारको नयुनतम साझा कार्यक्रम तय गर्न बनेको नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चा सम्मिलित कार्यदलको बैठक आज बस्दैछ ।
कांग्रेस माओवादी केन्द्र र आन्दोलनरत मधेशी मोर्चाबीच साझा न्युनतम कार्यक्रम सहित आगामी निर्वाचन सम्मको रोडम्याप तयार पार्न दलहरुले गत शनिवार ९ सदस्यीय कार्यदल गठन गरेका थिए ।
मोर्चाले मधेश आनदोलनको मुखय माग नै सिमांकन हेरफेर रहेकाले नयाँ सरकार गठन हुनुभन्दा पहिलो त्यस प्रष्ट प्रतिवद्धता आउनुपर्ने माग राख्दै आएका छन् ।
कांग्रेस माओवादीले भने गत असार अन्तिम साता भएको सात बुँदे सम्झौतामा सिमांकनको विषय स्पष्ट रहेकाले त्यसैलाई आधार बनाएर सहमतिको पहल गर्नु प्रस्ताव अघि सारेको छ । साँझ सिंहदरबारमा बस्ने आजको बैठकमा उक्त प्रस्तावमा थप छलफल गरी टु्गोमा पुर्याउने कार्यदलको तयारी छ ।
यद्यपी आजको बैठकमा सहमति हुने सम्भावना कम रहेपनि कांग्रेस माओवादीको ठोस प्रस्ताव आए राति आवेरसम्म बसेर भएपनि सहमतिको खाका तयार पार्ने कार्यदल सदस्य समेत रहेका संघिय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो ।