बहुमतीय प्रक्रिया सुरु गर्न नेताहरुको सुझाव

बहुमतीय प्रक्रिया सुरु गर्न नेताहरुको सुझाव

  • आइतवार, साउन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, साउन १६ ।
प्रमुख दलका शीर्ष नेताहरुले सहमतीय सरकारको सम्भावना नरहेको भन्दै अब बहुमतीय प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।

राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा सकिनै लाग्दा आज दलहरुबीच भएको सहमतिको प्रयासबारे जानकारी लिन प्रमुख दलका शीर्ष नेताहरुसँग गरेको छलफलका क्रममा उनीहरुले यस्तो सुझाव लिएका हुन् ।

छलफलमा शीर्ष नेताहरुले सहमतीय सरकार गठन हुने सम्भावना नरहेको बताएका थिए ।

नेताहरुले सोमबार संसद् बैठक सुरु हुनुअघि ३ बजेसम्म सहमतिको प्रयास जारी राख्ने तर त्यसबीचमा सहमति नभए बहुमतीय प्रक्रिया अघि बढाउन आग्रह गरेको जनाईएको छ ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका विषयमा दलहरुलाई मिलेरै अघि बढ्न सुझाव दिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोलाएर छलफल गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ