नेपालको सत्ता परिवर्तनमा भारत र राजाको भूमिकाबारे चर्चा गर्नु गलत : भट्टाराई

नेपालको सत्ता परिवर्तनमा भारत र राजाको भूमिकाबारे चर्चा गर्नु गलत : भट्टाराई

  • आइतवार, साउन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ १६ साउन ।  

पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ती नेपालका संयोजक डा. बाबुराम भट्टराइले नेपालको सत्ता परिवर्तनमा भारत र राजाको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको टिप्पणी गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाले यस्तो बताउनु भएको हो । नेपालको सत्ता परिवर्तनमा सँधै भारत र राजालाई भूतका रुपमा हेर्ने गलत प्रवृत्ती रहेको भट्टाराईको भनाई छ ।

सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको भन्दै उहाँले नेपाली जनताको त्याग र बलिदानलाई बिर्सिएर हरेक घटनामा भारतको नाम जोड्नु उचित नहुने धारणा राख्नुभयो ।

नेपालका हरेक परिवर्तन र उपलब्धीमा नेपाली जनताकै हात रहेको उहाले बताउनु भयो । उहाँले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नहुँदासम्म राजनीतिक अस्थिरता कायम रहने भन्दै शासकीय प्रणालीमा परिवर्तन भएपछि मात्र देशमा स्थिरता कायम हुने जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ