काठमाडौ ,१६ साउन ।
संसदीय सुनवाई विशेष समितिको बैठक आज बस्दैछ । केहीबेरपछि सिंहदरबारमा सुरु हुने बैठकमा सर्बोच्च अदालतमा सिफारिस गरिएका ११ न्यायाधिशको अनुमोदनबारे निर्णय गर्ने जनाएको छ ।
आजको बैठकले सुनुवाई सम्पन्न भइसकेका ११ जना प्रस्तावित न्यायाधिशहरुको अनुमोदन बारे निर्णय गर्ने समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।
समितिले सर्बोच्च अदालतमा सिफारिस भएका न्यायाधिशको संसदीय सुनुवाई सकेपनि अनुमोदनबारे निर्णय गरेको थिएन ।
संसदीय समितिले सिफारिस भएका नाम अनुमोदन गरेपछि सर्बोच्चमा प्रस्तावित न्यायाधिशको नियुक्ति प्रक्रियाले पुर्णता पाउनेछ । बैठकमा २२ मुलुकका लागि प्रस्तावित राजदूत नियुक्तिको बारेमा पनि छलफल हुने जनाएको छ ।
प्रस्तावित राजदुतबारे समितिमा परेका उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनार्थ वितरण गर्ने तयारी भएको समितिले जनाएको छ ।