सोनु कुमार सुनार
, कपिलवस्तु साउन १५ । नेकपा माओबादी केन्द्रको कपिलवस्तु जिल्ला सचिवालय को विस्तारित वैठक आज बोडगाँउमा बसेको छ ।
वैठकले पार्टीका केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला संयोजक तथा पुर्व अर्थ राज्य मन्त्री हरिराज खेवा को सवारी दुर्घटना मा र पार्टी का केन्द्रिय सदस्य प्यूठान जिल्ला का नेता हरिबहादुर केसी को पहिरो मा परी भएको निधन प्रति श्रद्धान्जली सहित सोक प्रस्ताव पारित गरेको छ ।
साथै वैठकले गत मंगलबार देखी को अविरल बर्षा संगै आएको बाढी तथा पहिरो बाट मृत्यु हुने हरु प्रति गहिरो दुख एवम श्रद्धान्जली व्यक्त गरेको छ । पिडीतहरुलाई तत्काल राहतको व्यबस्था मिलाउन सरकार सँग जोडदार माग समेत गरेको छ ।
साथै स्थानिय निकायको पुनरसंरचना सम्बन्धी सुझाव दिन पार्टी का केन्द्रिय सदस्य कमल चुदालीको संयोजकत्व मा ७ सदस्यीय हाल लाई पछि दुइ जना थप्ने गरी ५ जनाको नाम चयन गरेको जसको सदस्यहरुमा केन्द्रिय सदस्य कमल प्रसाद आचार्य , केन्द्रिय सदस्य जनी बन्जाडे(छाँया ) जिल्ला सदस्य गंगाराम घिमिरे , प्रेस सेन्टर नेपालका बसन्त गिरी लाई चयन गरको छ ।
वैठकको अध्यक्षता केन्द्रिय सदस्य तथा जिल्ला संयोजक भानुप्रकाश श्रेष्ठ ले गर्नुभएको थियो भने प्रमुख अतिथी पार्टी पोलीटव्युरो सदस्य दयाराम न्यौपाने(एमएस शर्मा) र संचालन केन्द्रिय सदस्य कमल चुँदाली ले गर्नुभएको नेकपा माओबादी केन्द्र कपिलवस्तु ले जनाएको छ ।