लोकमान तानाशाही हुन्ः डा. केसी

लोकमान तानाशाही हुन्ः डा. केसी

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १५ साउन । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै पटक पटक आमरण अनशनमा बस्दै आउनु भएका शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अगुवाईमा काठमाडौंमा पदयात्रासहित प्रदर्शन भएको छ ।

डा. केसीको समर्थक युवा समुहको आयोजनामा प्रदर्शन सहितको पदयात्रा भएको हो । ‘डाक्टर केसीसँगै हिँडौं, भ्रष्टाचार बिरुद्ध उत्रौं’ भन्ने आह्वानका साथ माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा नयाँ बानेश्वरस्थित संसद भवन पुगेर टुङ्गिएको थियो ।

पछिल्लो समय १५ दिनसम्म अनसन बस्नु भएका डा. केसीले सरकारसँग सहमतिपछि अनसन तोडेपनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पूरा नभएसम्म आन्दोलनका बाँकी कार्यक्रम जारी राख्ने बताउदै आउनु भएको छ ।
प्रदर्शन पछि आयोजित कोण सभालाई सवोधन गर्दै अभियान्ता डा. केसीले देश लोकमानतन्त्रमा चलेको जिकिर गर्नु भयो ।
उहाले अख्तियारका प्रमुख आयुक्त कार्की तानाशाही प्रवृतिको भन्दै भन्दै सासदहरु समेत लोकमानसग डराएर हिड्ने गरेको बताउनु भयो ।

यसैबीच डा. केसीका समर्थकले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने आधार र औचित्य सहितको ज्ञापन पत्र संसदमा पेश गर्ने तयारी समेत गरेको छ । पर्सि सोमवार बस्ने संसद बैठकमा उक्त ज्ञापनपत्र पेश गर्ने तयारी भएको हो ।

ज्ञापन पत्रमा मेडकल क्षेत्रमा अख्तियारको हस्तक्षेप तथा भ्रष्टाचार सम्बन्धी सञ्चार माध्यममा आएका समाचार तथा अन्य नआएका कार्यको प्रमाणहरु समेत समेटिने सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सका अगुवा डाक्टर जीवन क्षेत्रीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ