नेविसंघको असन्तुष्ट पक्ष आमरण अनसनमा

नेविसंघको असन्तुष्ट पक्ष आमरण अनसनमा

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, १५ साउन ।
नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले आजदेखि आमरण अनशन सुरु गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा यसअघि रिले अनशन बस्दै आएकाहरुले आज दिउँसोदेखि आमरण अनशन सुरु गर्न लागेका हुन् ।

नेविसंघको महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वहरु नेताहरुको भागबन्डाको आधारमा छनोट गरिएको भन्दै कुन्दनराज काफ्ले नेतृत्वको समूह असन्तुष्ट रहेको छ ।

रिले अनशनको छैठौ दिन भइ सक्दा पनि आफूहरुको माग प्रति वेवास्ता गरेकाले आमरण अनशन बस्न बाध्य भएको नेविसंघका महामन्त्रीका दावेदार डिल्लीराम सुवेदीले बताउनु भयो ।

असन्तुष्ट पक्षले यही साउन ९ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पाल टाँगेर रिले अनशन सुरु गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ