काठमाडौ १५ साउन ।
नयाँ बन्ने सरकार सन्चालनका लागि न्युनतम साझा कार्यक्रम तयार पार्न गठन गरिएको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कार्यदलले आज मधेशी मोर्चासँग छलफल गर्दैछ ।
त्यसका लागि बिहान साढे १० बजेपछि सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यलयमा बैठक बोलाएको छ । बैठकमा नयाँ सत्ता समिकरणमा बन्ने सरकारको न्युनतम साझा कार्यक्रम तयार पार्ने विषयमा छलफल हुने बताइएको छ ।
संविधान पुनरलेखन लगायत विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका मधेशी मोर्चाले आफूहरुले उठाएका माग सम्बोधन नै सरकारमा सहभागीका लागि पहिलो सर्त भएको बताउदै आएका छन् ।
सरकारमा सहभागी हुने विषय आफूहरुको प्राथमिकतामा नभएको भन्दै मधेशको माग सम्बन्धमा नयाँ बन्ने सरकारका तर्फबाट ठोस कार्य योजना आउनु पर्नेमा मोर्चाको जोड छ ।
बैठकमा काग्रेस माओवादीले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविस्वास प्रस्तावमा उठाएका विषय र दुई दलबीच भएको सात बुँदे समझदारीमा परेका विषय अनुमोदन गराउन मोर्चालाई आग्रह गर्ने तयारी गरेको छ ।