दशगजामा बाँध निर्माण नगर्ने नेपाल भारतबीच सहमती

दशगजामा बाँध निर्माण नगर्ने नेपाल भारतबीच सहमती

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

सप्तरी, १४ साउन ।

सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा भारतले एकपक्षीयरुपमा बनाइरहेको बाँध तत्काल अघि नबढाउने सहमति भएको छ ।

बिहारको कुनौलीमा नेपाली र भारतीय अधिकारीहरुबीच आज भएको वार्तामा दशगजा क्षेत्रमा बाँध नबनाउने सहमति भएको हो ।

दुई देशबीच भएको तीनबुँदे सहमतिमा खाँडो खोलाको धारलाई पुरानै स्थानबाट बगाउन ‘च्यानलाइज’ गर्ने, दशगजामा हराएका सीमास्तम्भ खोजीका लागि दुबै पक्षले केन्द्रीयस्तरमा पहल गर्ने र तत्काल बाँध बनाउनेकार्य रोक्ने रहेका छन् ।

नेपालको जल उत्पन्न प्रकोप तथा भारतको जल संशाधन विभागका प्रमुखको संयुक्त टोलीले अध्ययन गरी दिने प्रतिवेदनको आधारमामात्रै निर्माणकार्य गर्ने सहमति भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।

वार्तामा नेपालको तर्फबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित जिल्लास्थित सुरक्षा प्रमुखहरु र भारतको बिहारस्थित सुपोल जिल्लाका डिस्ट्रिक मजिस्टे«ड बैधनाथ यादवसहितका अधिकारीहरु सहभागी थिए ।

तिलाठीमा भारतीयले नेपाली भूमि डुबानमा पार्नेगरी बाँध निर्माण गरेपछि विहीबार भारतीयहरुसँग भएको झडपमा १२ जना नेपाली घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ