विश्व प्रशिद्ध चिनीया टेलिसिरियल सी यउ चि नेपालमा पनि प्रशारण शुरु

विश्व प्रशिद्ध चिनीया टेलिसिरियल सी यउ चि नेपालमा पनि प्रशारण शुरु

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

साउन १४ काठमाण्डौं । बहुप्रतिष्ठित चीनीया सिरियल सी यउ चि अर्थात पश्चिमतिरको यात्राको शुक्रबारबाट नेपालमा पनि प्रशारण शुरु भएको छ ।

प्रशिद्ध बौद्ध भिक्षु हु एन साङ चीनबाट भारतमा बौद्ध धर्मग्रन्थ लिन गएको भनिएको करीब ५ सय वर्ष पूरानो घटनामा आधारीत सो उपन्यासका आधारमा यो सिरीयल सन् १९८६ मा तयार भएको थियो ।

५० भाग सम्म रहेको यो सिरियल प्रत्येक हप्ताको शुक्रवार राति ९ बजेदेखि आधा घण्टा प्रसारण हुने छ । पुन प्रशारण भने शनिवार वेलुकी ८ : ३० बजे प्रसारण हुने जनाईएको छ ।

serial 2

विभिन्न स्टेसनबाट चीनमा मात्र ३ हजार पटक भन्दा बढी प्रशारण भएको सो सिरियल नेपालमा अरनीको सोसाईटीका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ, राकेश ताम्रकार सहितको टिमले नेपालीमा अनुवाद गरेका हुन् भने अञ्जु देउजा, रघु गौतम आदिले यसमा स्वर दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ