नेपालको आन्तरिक मामिलामा बिदेशीले हस्तक्षेप गर्न मिल्दैन : प्रधानमन्त्री

नेपालको आन्तरिक मामिलामा बिदेशीले हस्तक्षेप गर्न मिल्दैन : प्रधानमन्त्री

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, साउन १४ ।

प्रधानमन्त्री केपी ओलीले असल छिमेकी हुनुको नाताले नेपालको आन्तरिक मामिलामा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नमिल्ने बताउनु भएको छ ।

राजधानीमा आज मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा बोल्दै ओलीले नेपालले दुई छिमेकीमुलकबाट सार्वभौम र सम्मानपूर्ण सम्बन्ध चाहेको बताउनु भयो ।

उहाले नेपालले एउटा छिमेकीलाई नजिक र अर्कोलाई टाढा राखेर व्यवहार नगर्नेसमेत स्पस्ट पार्नुभयो ।

कुटनीतिक सम्बन्धलाइ नेपालको आवश्यकताअनुसार परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले छिमेकीसँगको पारस्परिक हितको सम्बन्धलाई सरकारले उच्चमहत्व दिएको पनि बताउनु भयो ।

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले ाजनीतिक, आर्थिक, सामाजिक र व्यापारिक दृष्टिकोणले दुबै मुलुकको नेपालसँग घनिष्ठ सम्बन्ध रहेको भन्दै उनले दुबै मुलुकको सम्बन्धको विषयलाई विवादित बनाउन नहुने बताउनु भयो ।

दुबै छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित हुनुपर्नेमा उहोको जोड छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,नेपाली कांग्रेसकी नेत्री सुजता कोइराला र फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले मुलुकको सार्वभौमिकता र राष्ट्रियहितलाई केन्द्रमा राखेर दुई मुलकसँगको सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ