धरान ,१४ साउन ।
संचार मन्त्री शेरधन राईले फास्ट ट्रयाकको काम भारतलाई जिम्मा लगाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता परिवर्तनको खेल खेलेको आरोप लगाउनु भएको छ ।
धरानमा आज प्रेस चौतारी सुनसरी जिल्ला कार्य समितिले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राईले प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनाएलगत्तै फास्ट ट्रयाक भारतलाई जिम्मा दिने आरोप लगाउनु भएको हो ।
सरकार ढाल्ने कार्य राष्ट्रहित विपरीत रहेको भन्दै उहाले प्रचण्डले यसको मुल्य चुकाउनुपर्नै समेत बताउनु भयो ।
राईले नेकपा एमाले सरकारले बजेटको माहोल जनता मुखी खडा गरेको र त्यही देख्न नसकेर बिपक्षीहरु एमाले बिरुद्ध षड्यन्त्र रचेको समेत धारणा राख्नुभयो ।
एक अर्काै प्रसंगमा मन्त्री राईले एमाले सरकाले ल्याएको बजेट भत्काउन प्रयास भएको भन्दै अब बन्ने सरकार माओवादीले कुन जगमा टेकेर बनाउने भन्ने पनि आफुहरु हेर्न समेत चाहेको बताउनु भयो ।
आफुहरु सरकारमा नगई प्रतिपक्षमा बसेर सरकारको काम कार्बाही हेर्नै मात्र नभएर कडा प्रतिपक्षिको भुमिका निर्वाह गर्नै धारणा राख्नुभयो ।
उहाले माओवादीले नेपालमा जारी गरिएको संबिधानलाई क्षेदबिक्षेद पारेको आरोप लागाउदै एमाले पार्टी कसैको धम्कीबाट बिचलित नहुने समेत चेतावनी दिनुभयो ।