आज विश्व बाघ दिवस,बिभिन्न कार्यक्रम गरि मनाईदै

आज विश्व बाघ दिवस,बिभिन्न कार्यक्रम गरि मनाईदै

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमान्डौ,साउन १४।
आज विश्व बाघ दिवस मनाइदै छ । विश्वकै दुर्लभ जनावरको सूचीमा रहेको बाघ संरक्षणमा जनचेतना जगाउदै सातौ बाघ दिवस मनाइदै छ ।

वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बाघ संरक्षण प्रयासमा हरेक वर्ष २९ जुलाइमा यो दिवस मनाइदै आएको छ ।

रसियाको सेन्ट पिटर्सवर्गंमा भएको बाघ पाइने मुलुका राष्ट प्रमुखको सम्मेलनले बाघ संरक्षणमा जोड दिदै बाघ वर्ष मनाउने निर्णय गरेको थियो ।

उनीहरुले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य समेत राखेका छन् । नेपालमा सन् २०१३ मा सार्वजनिक भएको तथ्याङकमा १ सय ९८ बाघ रहेका थिए ।

सरकारी तथ्यांकमा चितवन राष्टिय निकुन्जमा मात्र १ स य २० बाघ रहेको उल्लेख गरिएको थियो ।

यसै गरी पसौ बन्यजन्तु आरक्षमा ७,बाँके राष्टिय निकुञ्जमा४,बर्दिया राष्टिय निकुञ्जमा ५०,शुक्लाफाँटा वन्यजन्तु आरक्ष आसपास १७ बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ