बाढीपहिरो पीडितको उद्दार र राहतमा जुट्न विप्लवको निर्देशन

बाढीपहिरो पीडितको उद्दार र राहतमा जुट्न विप्लवको निर्देशन

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

१३ साउन ,काठमाडौं ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बाढीपीडितको उद्दार र राहतमा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ।

आज विज्ञप्ती जारी गरी विप्लबले जनतालाई बाढीपहिरो र डुबानले दुःख दिइरहेकोले देशभरका पार्टी संगठन, जवस, मोर्चाका नेता र कार्यकर्ताहरु आ–आफ्नो क्षेत्रबाट अविलम्व राहत संकलन र जनसेवामा परिचालित हुन निर्देशन दिनु भयो ।
उहाले बाढी–पहिरोबाट घाइतेको निःशुल्क उपचार, बेपत्ताको खोजी, खतरामा भएकाहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न पनि माग गर्नुभएको छ।

उहाले भारतले सीमा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेको बाँधका कारण तराईमा डुबान भएको भन्दै तत्काल कुटनैतिक पहल गरी बाँध खोल्नुपर्ने बताउनुभएको छ ।

“भारतले अन्तर्रा्ष्ट्रिय मान्यताविपरीत नेपालको सीमा नजिक बनाएको ८ मिटर अग्लो पक्की सडक र भारतले एकलौटी निर्माण गरेका १४ ओटा बाँध र तटबन्धहरु देखिएका छन् , विज्ञप्तिमा भनिएको छ, “तराईमा भारतले निर्माण गरेको बाटो र बाँधका कारणले भएको डुबानको समस्यालाई समाधान गर्न कुटनैतिक पहल गरी पानी खोल्ने व्यवस्था गरियोस् । अन्यथा जनताले संघर्षको बाटो अपनाउनु पर्नेछ ।”
विप्लवले बाढीपहिरोका मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना, घाइतेको स्वास्थ्य लाभका कामना गर्दै पीडितलाई राहत उपलब्ध गराउन तथा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा बासोबासको व्यवस्था गर्न माग गर्नुभएको छ ।
उहाले आफ्नो पार्टी सधै नेपाली जनताको साथमा रहेको भन्दै बाढी पीडितलाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ