माओवादी केन्द्रद्धारा मन्त्री छनौटका लागी मापदण्ड तयार

माओवादी केन्द्रद्धारा मन्त्री छनौटका लागी मापदण्ड तयार

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

१३ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु छनौटका लागि मापदण्ड बनाएको छ ।

माओवादी हेडक्वाटर केन्द्रको आज बसेको बैठकले मन्त्री छनौटका लागि मापदण्ड तय गरेको हो । मन्त्रीको आकांक्षी बढेपछि माओवादीले मापदण्ड बनाएको भएपनि त्यसलाई सार्वजनिक गरिएको छैन ।

काम गर्न सक्ने क्षमता भएकाहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने निर्णय भएको तर, व्यक्तिका बारेमा भने टुंगोमा पुग्न बाँकी रहेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

नेकपा एमाले नेतृत्वका सरकारमा सहभागी भएकाहरु पनि नयाँ सरकारमा मन्त्री हुन इच्छुक देखिएपछि माओवादी केन्द्रमा मन्त्री छनौटको काम जटिल बनेको जनाईएके छ । प्रवक्ता भुसालले मापदण्ड तय भइसकेकाले अब मन्त्री छनोट गर्न समस्या नहुने भन्दै फेरि बैठक बसेर मन्त्री बन्नेको नाम टुंगो लगाउने दाबी गर्नुभयो ।

सचिवालयको बैठकमा सरकारको प्राथमिकताका विषयमा समेत छलफल भएको छ । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, संविधानमा व्यवस्था गरिएका स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन, असन्तुष्ट पक्षका माग सम्बोधन, उर्जा संकट लगायतका विषयलाई नयाँ सरकारले प्राथमिकता दिने माओवादी केन्द्रको निर्णय छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ