धनकुटा, १३ साउन ।
धनकुटाको सिधुवामा यात्रुबस दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ ।दुर्घटनामा ४० जना घाइते भएका छन् ।
तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवाबजार नजिकै आज दिउँसो भएको यात्रुबस दुर्घटनामा पूर्वअर्थ राज्यमन्त्री खेवासहित ७ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा ३५ जना घाइते भएको र उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बुझिएको छ ।
मृतकहरुमध्ये खेवाको मात्र सनाखत भएको हो । खेवा नेकपा माओवादी केन्द्र धनकुटाका इन्चार्जसमेत थिए ।
संखुवासभाको मुढेशनिश्चरेबाट धरान जाँदै गरेको बा२ख ७३६६ नम्बरको बस सडकबाट करिब ५० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका ट्राफिक प्रहरी डिकबहादुर कार्कीकाअनुसार घाइतेहरुलाई उपचारका लागि धरान लगिएको छ ।तस्वीर : ईमेजखबरबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline