स्थानीय तह पुनर्संरचनाको कार्यरोक्न संघीय गठवन्धनको माग

स्थानीय तह पुनर्संरचनाको कार्यरोक्न संघीय गठवन्धनको माग

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

१३ साउन, काठमाडौं ।

मधेसी मोर्चासहितको संघीय गठवन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न माग गरेको छ ।

संघीय समाजवादी फोरमको कार्यालयमा आज बसेको गठवन्धनको बैठकले आफूहरु प्रादेशिक सीमांकनसहितका विषयलाई लिएर आन्दोलनमा रहेको भन्दै अहिले नै स्थानीय तहको पुनर्संरचना गर्नु उपयुक्त नहुने बताएको छ ।
गठवन्धनले हतारमा आयोग गठन गरेर सरकारको नेतृत्व गरेको एमालेले संघीयतालाई विथोल्ने प्रयास गरेको आरोप समेत लगाएको छ ।

तर, सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादीले बुधबार मात्र आयोग पुनर्गठनको प्रस्ताव अघि सारेको छ । कांग्रेसले पनि असन्तुष्टि जनाएको छ । कांग्रेसले प्रस्तावित ५६५ स्थानीय तहको संख्या पर्याप्त नभएको बताएको छ ।

यसैबीच संघीय गठवन्धनले सरकारमा जाने नजानेबारे अहिले निर्णय गर्न आवश्यक नभएको बताएको छ ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय कायमै रहेको र सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीले कुनै ठोस प्रस्ताव नल्याएको भन्दै बैठकले सरकारबारे कुनै निर्णय गरेन ।

मधेसी मोर्चासहितको गठवन्धनले बाढी प्रभावितहरुको उद्धार तथा राहतमा सरकारी प्रयास अपर्याप्त भएको बताएको छ ।

साथै बाढी प्रभावितहरुको राहत तथा उद्धारमा स्थानीय तह परिचालन गर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ