काठमान्डौ,साउन१३।
नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक अहिले बसिरहेको छ । पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्ने माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा नयाँ सरकार गठनको तयारीको विषयमा समेत छलफल गर्ने एजेन्डा रहेको बताइएको छ ।
बैठकमा पार्टीको विभिन्न कमिटिमा रिक्त पद पुर्तिका विषयमा पनि छलफल गर्ने कार्यसूचि रहेको सो पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो ।
माओवादी केन्द्रले हेडक्वार सचिवालय र पोलिटव्युरोमा रिक्त रहेका पद पूर्तिका लागि नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।
२ सय ९९ सदस्यीय पोलिटव्युरोमा ७७ जना , ९९ सदस्यीय सचिवालयमा १८, ३३ सदस्यीय हेडक्वाटरमा १० जना सदस्य थप्न बाँकी रहेको छ । ती पदमा अध्यक्ष दाहालले आज नाम प्रस्ताव गरेपछि छलफल गरेर टुङगोमा पुग्ने जनाएको छ ।