विश्व हेपाटाईटिस दिवश आज

विश्व हेपाटाईटिस दिवश आज

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 26.6K
    SHARES

काठमाण्डौ ,१३ साउन ।
आज जुलाई २८ तारिख, विश्व हेपाटाईटिस दिवस विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाईदै छ ।

हेपाटाईटिस बारेको चेतना ,यसको परिक्षण र उपचारमा सबैको पहुच पुर्याउन दिवशले जोडि दिएको छ । हेपाटाईटिस भाईरसद्धारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ र कलेजो सुन्निएको अवस्था नै हेपाटाईटिस हो ।

हेपाटाईटिस रोग गर्मि याममा भन्दा बर्षाको मौसममा बढी देखिने चिकित्कले बताएका छन् । बिभिन्न बिषाणुको संक्रमण , औषधिको प्रयो , सिरिन्जमार्फत लागुऔसधको प्रयोग , फोहर खाना र पानी लगायतका कारण हेपाटाईटिस हुने गरेको कलेजो रोग बिशेषज्ञ अनन्त श्रेष्ठ बताउनु हुन्छ।

हालसम्म हेपाटाईटिसको भाईरसहरु ए ,बी , सि ,डि र ई गरी पाच किसिमका हुन्छन् । नेपालमा हेपाटाईटिसको बिरामिहरु ३ लाख ८० हजारको सङख्यामा रहेको तथ्याङक छ ।

विश्वका ४० करोड मानिसमा बिभिन्न किसिमका हेपाटाईटिसको संक्रमण रहेको विश्व स्वास्थ्य संगठन डब्लु एच ओले जनाएके छ ।
जसमध्ये झण्डै २४ करोड मानिस हेपाटाइटिस बी र १५ करोड मानिस हेपाटाइटिस सी को दीर्घकालिन संक्रमणबाट ग्रसित छन ।

प्रत्येक बर्ष ६० लाख देखि १ करोड सम्म हेपाटाईटिसका नयाँ बिरामि थपिने गरेको छ भने १४ लाख मानिसको प्रत्येक बर्ष हेपाटाईटिसकै कारण मृत्यु हुने गरेको छ ।

डब्लुएचओले आगामी सन् २०३० सम्म विश्वबाट हेपाटाईटिस उन्मुलन गर्ने लक्ष राखेको छ ।

हेपाटाइटिस बी भाइरस पत्ता लगाउने वैज्ञानिक बरुच स्यामुयल ब्लूमबर्गको जन्मदिनको अवसर पारेर हरेक वर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी