ग्रिन सिटीमा पहिलोपटक चिरफार नगरी मुटुको सफल सल्यक्रिया

ग्रिन सिटीमा पहिलोपटक चिरफार नगरी मुटुको सफल सल्यक्रिया

  • बुधबार, साउन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,१२ साउन ।

नेपालमा ‘पहिलोपटक’ विना चिरफार काखिमा सानो प्वालपारी मुटुको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

उपत्यकाको गोंगबुस्थित ग्रीनसिटी अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको टिमले धादिङ ज्यामरुका १६ वर्षीया श्रीषा कार्कीको काखीबाट प्वाल पारी मुटुको शल्यक्रिया गरेको हो ।

अस्पतालले आज आयोजना गरेको कार्यक्रममा संबोधन गर्दै डा. भट्टराईले मुटुको शल्यक्रियाका लागि नेपालीहरु वर्षेनि ठूलो संख्यामा विदेश जाने गरेको भन्दै अब नेपालमा पनि सस्तोमै आधुनिक सेवा दिन सकिने बताउनु भयो ।

सो कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले डा. भट्टराईलाई सम्मान गर्दै ‘अब कुराभन्दा काम गर्ने समय आएका बताउनु भयो । उहाले राष्ट्रिय एकतालाई राष्ट्र निर्माणको संकल्पमा बदल्न जरुरी रहेको जोड दिनुभयो ।

त्यस्तै, कांग्रेस नेता डा. रामशरण महतले नयाँ–नयाँ आविष्कार गर्नेहरुलाई प्रोत्साहन गर्नसके देशले उन्नति गर्नसक्ने धारणा राख्नुभयो ।

नेकपा एमालेका नेता लालबाबु पण्डितले सामान्य रोगको उपचारका लागि नेताहरु विदेश जाने गर्दा समस्या पैदा भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी