काठमाण्डौ ,१२ साउन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनल क्रान्तिकारीले समान शैक्षीक अधिकारका लागी एकीकृत राष्ट्रिय विद्यार्थी अभियान सन्चालन गर्ने भएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी यूनियनका अध्यक्ष पूर्ण बहादुर सिंहले आगामी साउन १८ बाट असोज १५ गतेसम्म ३ महिने अभियान सन्चालन गर्ने जानकारी दिनुभयो ।
युनियनले सिविएसईको आर्थिक चलखेलका आधारमा प्रदान गरिएको स्वीकृति खारेज , विदेृशी सम्बन्धन लिएका कलेजहरुले पूँजी र प्रतिभा पलायन गराउने कायको अन्त्य , सिटिईभिटिले प्राविधिक शिक्षा लिनबाट लाखौ बिद्यार्थीलाई बच्चीत गर्ने कार्य रोक्न तथा बृद्धि गरीको चर्को शुल्कको खारेजी लगायतका माग राखि चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।
जसअन्तरगत साउन १७ गते मागपत्र बुझाउने , २८ गते अन्तरक्रिया र साउन ३० गते देशव्यापि प्रदर्शन तथा साउन ३१ र ३० गते आम शैक्षिक हडताल र भदौ १ गते पुन नयाँ चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने रहेका छन् ।
यस्तै फागुन १४ गते समानुपातिक निर्वाचन प्रणली ,स्ववीयु नियमावली परिवर्तन र अधिकारसम्पन्न स्ववीयुका पक्षमा आन्दोलन सन्चालन गर्ने पनि अध्यक्ष सिंहले बताउनु भयो ।