काठमाण्डौ ,१२ साउन ।
गृहमन्त्रालयले बाढी पहिरो प्रभावितको उद्धार तथा राहतका लागी प्रधानमन्त्री राहत कोषबाट ७५ करोड रुपैयाँ माग गरेको छ ।
गृहमन्त्रालय अन्तर्गत दैवी प्रकोप तथा उद्धार समितिको आज बसेको बैठकले आपतकालिन उद्धार तथा राहतका लागी ७५ करोड माग गरेको हो ।
लगातारको बर्षासंगै बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएपछि बसेको आजको बैठकले नदी तथा तटीय क्षेत्रका सर्वसाधरणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएको छ ।
समितिले राजमार्ग अवरुद्ध भएका दुर्गम क्षेत्रमा हेलिकप्टर मार्फत उद्धार तथा राहत वितरण गर्न स्थानीय निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता यादव कोईरालाले जानकारी दिनुभयो ।
निरन्तर परेको बर्षासँगै तीन दर्जन बढीको मृत्यु भएको छ भने दर्जनौ वेपत्ता छन् । मन्त्रालयले बाढी तथा पहिरोमा फसेका या अप्ठ्यारोमा परेकालाई प्रहरीको हटलाईनमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयले पिडितको उद्धार तथा राहतका लागी प्रहरी तथा सेनाको टोली २४ सै घण्टा खटिने जनाएको छ ।