काठमाण्डौ ,१२ साउन ।
नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले आगामी चैतमा नै स्थानिय निकायको निर्वाचन गर्ने गरी कार्ययोजना ल्याउने निर्णय गरेका छन् ।
सिंहदरबारमा आज बिहान सम्पन्न काग्रेस माओवादी गठबन्धनको बैठकले चैत भित्रै निर्वाचन सक्ने गरी कार्ययोजना तयार गर्ने निर्णय गरेको काग्रेस नेता विमलेन्द्र निधीले बताउनु भयो ।
आजको बैठकमा स्थानिय निकाय पुनरसंरचना संबिधानले तोकेको सिमा अनुसार वैज्ञानिक र ब्यावहारीक ढङगले गर्ने सहमती पनि भएको निधीले बताउनु भयो ।
स्थानिय निकायको पुनरसंरचना गर्न बनेको आयोगले देशभरबाट ५ सय ६५ को सङख्यामा स्थानिय निकाय रहने अवधारणा ल्याएपछि सो बिषयमा पनि काग्रेसले माओवादीसँग परामर्श गरेको थियो ।
यसैबीच बहुमतीय सरकार गठनका बिषयमा पनि आजै अपरान्ह दुई दलबीच छलफल हुने नेताहरुले जनाएका छन् । मन्त्रालयको भागबन्डा र नयाँ सरकारमा सहभागी अन्य दलका बिषयमा छलफल हुने उहाले बताउनु भयो ।