काठमाण्डौ ,१२ साउन ।
स्थानिय निकायको पुनरसंरचनाको बिषयमा छलफल गर्न नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रको संयुत्त बैठक आज बस्दै छ ।
स्थानिय निकायको पुनरसंरचना गर्न बनेको आयोगले देशभरबाट ५ सय ६५ को सङख्यामा स्थानिय निकाय रहने अवधारणा ल्याएपछि सो बिषयमा छलफल गर्न काग्रेस माओवादीको बैठक बस्न लागेको हो ।
सिंहदरबारमा बिहान ९ बजे बस्ने बैठकमा आयोगले ल्याएको सो अवधारणको बिरोध गरेको काग्रेसले माओवादी केन्द्रसँग पनि परामर्श गर्ने र एउटै धारणा बनाउने प्रयास गर्न लागेको हो ।
केन्द्रको अधिकार गाउँ सम्म पुर्याउन पनि स्थानीय निकायको सङख्या घटाउन नहुने काग्रेसको अडान छ ।
यसैबीच बहुमतीय सरकार गठनका बिषयमा पनि आजै दुई दलबीच छलफल हुने नेताहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline