काठमाण्डौ ,१२ साउन ।
बाढी पहिरो प्रभावितको उद्धार तथा राहतका बिषयमा छलफल गर्न गृहमन्त्रालय अन्तरगतको दैविक प्रकोप तथा उद्धार समितिको आपत्कालिन बैठक बस्दै छ ।
लगातारको बर्षा संगै आएको बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भएपछि सो बिषयमा छलफल गर्न उद्धार समितिको बैठक बस्न लागेको हो ।
बिहान ९ बजे बस्ने बैठकमा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार र राहतका बिषयमा छलफल गरिने गृह मन्त्रालयका प्रवत्ता यादव कोईरालाले जानकारी दिनुभयो ।
यस्तै बैठकमा सरोकारवाला पक्षसँग पनि छलफल गरी आगामी रणनीत तयार गरिने उहाले बताउनु भयो ।
निरन्तर परेको बर्षासँगै तीन दर्जन बढी बढीको मृत्यु भएको छ भने दर्जनौ वेपत्ता छन् । मन्त्रालयले बाढी तथा पहिरोमा फसेका या अप्ठ्यारोमा परेकालाई प्रहरीको हटलाईनमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयले पिडितको उद्धार तथा राहतका लागी प्रहरी तथा सेनाको टोली २४ सै घण्टा खटिने जनाएको छ ।