११ साउन, काठमाडौं ।
नेता आङकाजी शेर्पाले संघीय समाजवादी फोरम नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ ।
शेर्पाले आज पार्टी अध्यक्षलाई पत्र लेखि पार्टी केन्द्रीय सदस्य, नेफोसो केन्द्रीय सम्पर्क समितिको इन्चार्ज र क्रियाशील सदस्यबाट राजीनामा दिएको जनाउनु भएको छ ।
पार्टीभित्र नातावाद र कृपाबाद हावि भएको आरोप लगाउदै पार्टी परित्याग गरेको शेर्पाले बताउनु भएको छ ।
शेर्पाले वर्गीय उत्पीडनमा परेकाहरुको मुक्तीका लागि शरीरमा एक थोपा रगत र एक मुठी सास रहेसम्म संघर्ष गरिरहने पनि बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline