बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन

बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,११ साउन ।
व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन गरेको छ ।

संविधानको धारा २९८ अनुसार निर्वा्चित प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रष्ट व्यवस्था नभएको भन्दै सरकारले सिफारिस गरेपछि राष्ट्रपति विद्या भण्डारीले सोमबार अड्काउ फुकाउ आदेश जारी गर्नुभएको थियो । त्यसको भोलिपल्टै आज बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि संसदमा पेश भएको थियो ।

छलफलका क्रममा कांग्रेस नेताहरुले बाधा अड्काउ फुकाउ आदेश आवश्यक नभएको बताएका छन् । तर, राजनीतिक निकासका लागि अनुमोदन गर्ने भन्दै आलोचनात्मक समर्थन गर्ने उनीहरुको भनाई छ ।

छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री अग्नि खरेलले जवाफ दिनुभएको थियो । उहाँले नयाँ सरकार बन्न सक्छ कि सक्दैन भन्ने अन्योलता अन्त्य गर्ने गरी सरकारले बाधा अड्काउ फुकाउको सिफारिस गरेको बताउनुभयो । संसदको बैठक यही साउन १७ गते दिउँसो तीन बजे बस्ने गरी स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ