काठमाडौं, ११ साउन ।
इपिएस शाखामार्फत कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको छ । यो वर्ष भाषा परीक्षामा ३ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् ।
जसमध्ये कृषितर्फ २ हजार १ सय ४० र उत्पादनमूलक तर्फ १ हजार ३ सय ७७ जना उत्तीर्ण भएका इपिएस शाखाले जानकारी दिएको छ ।
भाषा परीक्षामा उत्तीर्ण भएकाको दसैँ अगावै सिप परीक्षा, स्वास्थ्य परीक्षण र रोजगार आवेदन फराम भर्ने र उनीहरु २०१७ मा कोरिया जान पाउने छन् ।
फारम भरेका कुल ६० हजार ६ सय २६ जना मध्ये ५७ हजार १ सय २० जनाले भाषा परीक्षा दिएका थिए । रोजगारीका लागि इपिएसमार्फत अहिलेसम्म ३८ हजार जना दक्षिण कोरिया गइसकेका छन् ।
त्यसमध्ये ७ हजार जना कामको अवधि सकिएर फर्किएका र अरु ३१ हजार जना कोरियामै रहेका शाखाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline