राष्ट्रपतिको बाधा अड्काउ फुकाउ आदेश आज सदनबाट अनुमोदन हुदै

राष्ट्रपतिको बाधा अड्काउ फुकाउ आदेश आज सदनबाट अनुमोदन हुदै

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ११ साउन । 

व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गर्नुभएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

मन्त्री परिषदको सिफारिसमा हिजो राष्ट्रिपति भण्डारीले संविधानकाने धारा ३ सय ५ प्रयोग गर्दै नयाँ सरकार गठनको बाटो सहज बनाउन बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको थियो ।

राष्ट्रपतिबाट त्यस्तो आदेश जारी भएपछि तत्काल बस्ने संसद बैठकमा अनुमोदनका लागि पेश गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

सोही अनुसार आजको बैठकमा सभामुख ओनसरी घर्तीले बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी राष्ट्रपतिबाट पत्र पढेर सुनाउने र निर्णयार्थ प्रस्तुत गर्ने तयारी भएको संसदका सहयक प्रवत्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

आजको संसद बैठकमा अर्थ र उद्योग वानिज्य समितिको प्रतिवेदनका विषयमा समेत छलफल गर्ने कार्यसुची रहेको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ