१५ वर्ष पछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ 

१५ वर्ष पछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ 

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १० साउन । हत्यामा संलग्न मुख्य अभियुक्त काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने रामेछाप खनियापानी गाविस–६ का विवेक, सम्राट योञ्जन, दानबहादुर लामा उपनामका ४२ बर्षीय दानबहादुर तमाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले १५ बर्ष पछि काठमाडौं बौद्ध टाउनप्लानिङबाट साउन ७ गते पक्राउ गरेको छ ।
२०५८ बैशाख १८ गते भक्तपुर नगरपालिका–११ आदर्शनगरस्थित रोजा रेष्टुरेन्टमा भक्तपुर नगरपालिका–८ सुकुलढोका बस्ने ध्रुवगोपाल कर्माचार्य लगायतका ब्यक्तिहरु खाजा खाइरहेको समयमा तमाङ लगायत २०÷२५ जनाको समूहले एक्कासी ध्रुवगोपाललाई चक्कु, खुकुरी, रड तथा लाठी प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा सोही रात भक्तपुर जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।

साथै उनीसँगै रहेका भक्तपुर नगरपालिका–८ बस्ने किरण धौवञ्जार गम्भीर घाइते भएका थिए । उक्त घटनामा संलग्न रही वारदात मितिदेखि नै फरार रहेका मुख्य अभियुक्त तामाङ नेपालका बिभिन्न स्थान तथा मलेसिया र भारतमा समेत बस्दै आएकोमा पछिल्लो समय बौद्धमा उक्त उपनाबाट परिचित भई थान्का व्यबसाय संचालन गर्दै आएको अवस्थामा ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

तामाङ उपर कर्तब्यज्यान मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले सर्वस्व सहित जन्मकैदको मागदाबी लिई भक्तपुर जिल्ला अदालतमा मुद्दा पेश गरेकोमा अदालतबाट २०६४ बैशाख ९ गतेको आदेशले मुल्तबीमा राखिएकोमा उनलाई आइतबार अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ