राष्ट्रपतिद्धारा बाधा अड्काऊ फुकाउ आदेश जारी

राष्ट्रपतिद्धारा बाधा अड्काऊ फुकाउ आदेश जारी

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, साउन १० ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागी आज बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा नयाँ सरकार गठनका लागि संविधानको धारा ३ सय ५ अनुसार बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानमा अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २९८को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाइ अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी सो आदेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बाधा अड्काउ फुकाउ आदेश जारी भईसकेपछि अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । अब भोली बस्ने संसद बैठकबाट प्रधानमन्त्री चयनका लागी आदेश अनुमोदनको प्रक्रिया अघि बढाउने छ ।

विज्ञप्तिमा ‘नेपालको संविधानको धारा २९८ मा संक्रमणकालीन मन्त्रिपरिषदसम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्थाबमोजिम संसदबाट वर्तमान प्रधानमन्त्री निर्वा्चित भएकोमा उहाले धारा २९८ को उपधारा (८) बमोजिम राजिनामा दिनुभएकोले अर्को प्रधानमन्त्री निर्वा्चित हुने स्पस्ट व्यवस्था उक्त धारामा नरहेका कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ फुकाउ जारी गर्नुपरेको’ उल्लेख छ ।

राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएसँगै सभामुखले संसद नियमावली अनुसार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रकाशन गरी मिति र समय तोक्ने व्यवस्था छ ।

यसरी सहमतीय सरकारका लागि आजै आह्वान भएमा अबको १० दिनभित्र मुलुकले नयाँ सरकार पाउनेछ ।

adkau fukau

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ