काठमाण्डौं साउन १० । नेपालको राजनीतिमा भारतीय भूमिका असफल हुदै आएको सन्दर्भमा पछिल्लो समय एमाले माअोवादी गठबन्धन भत्काएर केपी ओली नेतृत्वको सरकार ढलेको दिन नै भारतमा खुसीयाली मनाईएको खबर छ ।
यो समाचारलाई भारतका लागि सकारात्मक सन्देश भन्दै भारतका ठूला अखबारहरुले समाचार र विष्लेषण लेखेका छन् ।
टाईम्स अफ् ईन्डिया, हिन्दुस्तान टाईम्स लगायतकाले ओलीको बहिर्गमन भारतका लागि खुसीको सन्देश भन्न समाचार लेखेका छन् ।
यसले नेपालको आन्तरीक मामिलामा भारतको नकारात्मक भूमिकाले पुनः प्रवेश पाएको स्पष्ट भएको छ ।
भारतीय दुतहरुले अख्तियार मार्फत लडाकु शिबिरको अरबौं पैसाको मुद्धामा थुनाउने वा मानवअधिकारको विषय अन्तर्गत जनयुद्ध कालीन मुद्धालाई उठाएर थुनाउने सांकेतिक चेतावनी दिएर माओवादी केन्द्रलाई दवावमा पारी सरकार ढाल्न बाध्य पारेको माओवादी केन्द्रकै एक नेताले नाम उल्लेख नगर्ने शर्तमा दावी गर्दै आएका छन् ।