डोलेश्वरमा भएको गणेश पुराणमा ९ लाख उठ्यो

डोलेश्वरमा भएको गणेश पुराणमा ९ लाख उठ्यो

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

भक्तपुर, श्रावण १० ।

केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावण १ गतेबाट सुरु भएको श्रावणी मेला अन्तर्गत गणेश पुराणमा ९ लाख ५ हजार ४ सय २८ आम्दानी भएको आयोजकले जनाएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना सम्पन्न गर्न र थप प्रचार प्रसार गर्ने उद्देश्यले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा श्रावण १ गतेबाट भाद्र ६ गतेसम्म हुने मेलामा श्रावण १ गतेबाट ७ गतेसम्म पण्डित विष्णुहरि बडालबाट गणेश पुराण बाचन भएको मूल आयोजक समितिका संयोजक एवं केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सुर्यबहादुर खाइतुले बताउनु भयो ।

उहाँका अनुसार निर्माण अनुदानमा रु ५ लाख २९ हजार २ सय ९०, भगवान भेटी रु। २ लाख २८ हजार ७ सय ५०, रुद्रीबाट रु। ६ हजार २ सय ३०, आजीवन सदस्यताबाट रु। ७२ हजार ८ सय ६५, फोटो, कितावबाट रु। २४ हजार १९ र अन्यबाट रु। ४४ हजार २ सय ७४ रहेको छ ।
श्रावण ८ गतेदेखि १४ गतेसम्म स्वामी श्री चतुर्भुजाचार्य चुडामणि महाराजबाट रासपञ्चाध्यायी पुराण बाचन भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ